जिल्ला प्रहरीले कसरी समात्यो एकै दिनमा ३ सय ३२ फरार अभियुक्तलाई ?

बारा | माघ ११, २०७९

जिल्ला प्रहरीले कसरी समात्यो एकै दिनमा ३ सय ३२ फरार अभियुक्तलाई ?

बारा जिल्लामा प्रहरीले एकैदिन ३ सय ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

 

गत सोमबार जिल्ला प्रहरी कार्यालय, बाराको टिमले जिल्लामा रहेका ३ सय ३२ फरार प्रतिवादीलाई पक्राउ गरी मंगलबार अदालतमा पेश गरेको छ । 

 

पक्राउ परेका फरार प्रतिवादीमध्ये केही ६ वर्ष ५ महिना बढी कैद सजाय तोकिएका दोषी छन् । जिप्रका बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता राजेश थापाका अनुसार उक्त सजाय भुक्तान गर्नुपर्ने फरार प्रतिवादी कलैया उपमहानगरका विजय दास हुन् । 

 

त्यस्तै, बैंकिङ् कसुर मुद्दामा ७ लाख रुपैयाँ जरिवाना तोकिएका एजाजुल हक अन्सारी र अन्य मुद्दाका प्रतिवादी रहेका छन् । 
 

 

एकैदिन भारी संख्यामा पक्राउ गर्न सफल भएपनि त्यसको तयारी १५ दिन अघिदेखि सुरु गरेको प्रवक्ता थापा बताउँछन् । ‘हाम्रो टिमले १५ दिन अघिबाटै रेकी सुरु गरेको हो’ थापाले भने ‘सबैको लोकेशन लिएर प्रहरीले अन्य यूनिटको समेत सहयोगमा एकैदिन पक्राउ गर्न सफल भयौं ।’

 

फरार प्रतिवादी पक्राउ गर्न अभियान नै चलाएको बारा प्रहरीले ४ सयको हाराहारीमा जनशक्ति परिचालन गरेको थापाले जनाए । 

 

ठूलो संख्यामा पक्राउ गरी सफलता हासिल गरेपनि बारा प्रहरीको लागि चुनौति भने सकिएको छैन । बारा जिल्ला अदालतको तथ्यांक अनुसार अझै करिब १३ सय जना प्रतिवादी पक्रने जिम्मा बारा प्रहरीलाई छ । 

 

कहिले समातिन्छन् १३ सय प्रतिवादी ? भन्ने प्रश्नमा थापा भन्छन्, ‘प्रहरीको कामै त्यही हो, शान्ति सुरक्षा र अदालतको फैसलापछि हामी एक्सनमा जान्छौ, प्रहरीसँग भएको सिमित स्रोत र साधनका बावजुद पनि हामी छिट्टै नतीजा दिनेछौं । 

 

पक्राउ परेकामध्ये ३६ जनालाई पर्सा कारागार चलान गरिएको छ भने अन्य जरिवाना भुक्तान गरी मुक्त भएका छन् । फरार प्रतिवादी पक्रने कार्यलाई अभियानकैरुपमा अघि बढाइएको जिप्रका बाराले जनाएको छ । 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्